त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्त बस्नेत र उपमेयरमा महेश्वरी राई विजयी भएका छन् । कांग्रेसका मेयर पदका उमेदवार बस्नेतले प्रतिष्पर्धी एमालेका उमेदवार भागवत राउतलाई २ हजार ८६ मतले पछि पार्दै जितेका हुन् ।
बस्नेतले १३ हजार ९५९ र राउतले ११ हजार ८७३ मत प्राप्त गरे । त्यसैगरी, उपमेयरमा एमालेका महेश्वरी राईले निकटतम् प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार सरिता राईलाई १ हजार ७२२ मतले पछि पारिन् ।
महेश्वरीले १३ हजार ७०३ र सरिताले ११ हजार ९८१ मत प्राप्त गरे । गठबन्धन माओवादी केन्द्रका उमेदवार गिता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया