काठमाडौंको फोहरबारे अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।
आज बसेको नगर कार्यपालिकाको पहिलो बैठकले मेयर बालेन शाह र उपमेयर सुनीता डंगोलसमेत रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलले चाँडै काम सुरु गर्ने बताइएको छ ।
मेयर शाहले कार्यपालिका बैठकमा तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका थिए ।
उनले तीन दिनदेखि उठ्न नसकेको काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गरेका हुन् ।
बालेनले ३२ जना वडाध्यक्षलाई भने, ‘वडाको मेयर तपाईँ नै हो’ – NepalWatch
उनले कार्यपालिका सदस्यहरूमाझ तत्काल दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्न र नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जानुपर्ने धारणा राखे ।
मेयर शाहसहितका जनप्रतिनिधिले शपथ लिएपछि आज पहिलो बैठक बसेको हो । बैठकको मेयर शाहको निर्देशानुसार प्रत्यक्ष प्रशारण गरिएको छ । सडकमा थन्किएको फोहर व्यवस्थापन नभएसम्म माला खादा नलगाउने मेयर शाहले घोषणा गरेका छन् ।
यी हुन् काठमाडौंका मेयर शाहले पहिलो कार्यपालिकाको बैठकमा उठाएका विषय – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया