बजेटले प्राथमिकता पहिल्याउन सकेन, नारै नाराको भीडमा हरायो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सरकार अल्मलिएको आरोप लगाएका छन् ।उनले नारैनाराको भीडमा बजेट थिचिएको टिप्पणी गरे ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ७९/८० का लागि संसदमा पेश गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा मंगलबार भाग लिँदै लिँदै उनले सरकारले देशको प्राथमिकता नै पहिल्याउन नसकेको टिप्पणी गरे ।
‘सरकारले आफ्नो बजेटमा कोसी र कर्णाली जोड्ने विषय राखेको छ । देशको अहिलेको आवश्यकता यो होइन,’ उनले भने ।
एमाले उपाध्यक्ष पौडेलले बजेटमा उल्लेख गरिएका अधिकांश कार्यक्रम बिना आधार ल्याइएको जिकिर गरे ।
निजी लगानीमा सगरमाथा जान बनाउने भनिएको फास्ट ट्रयाकलगायत कार्यक्रम आधारहीन र हास्यास्पद भएको तर्क नेता पौडेलको छ ।
‘सगरमाथा जान दुई फास्ट ट्याक बनाउने भनिएको छ । त्यो पनि निजी लगानीमा,’ बजेटका आधारहीन रहेको जिरहसति उनले अगाडि थपे, ‘निजी क्षेत्रले बाटो बनाइदेला भनेर आशा गर्ने यो कस्तो सरकार ?’
कतिपय कार्यक्रम पूर्वाधारको तयारीबिनै ल्याइएको टिप्पणी पनि पोडेलले गरे । हरेक परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम यस्तै रहेको उनको भनाइ छ । यसबाहेक अन्य कार्यक्रम पनि उसैगरी हचुवाकाे भरमा ल्याइएकाे उनकाे भनाइ छ ।
पौडेलले व्यावहारिक कार्यक्रम ल्याउनुपर्नेमा बजेट नारा नै नाराको भीडमा जेलिएको टिप्पणी पनि गरे । ‘बजेट नाराको भीडमा अल्मलिएको छ । हरेक पेज र प्यारामा नारा छ । कार्यक्रम र वस्तुनिष्ठ आधार पहिल्याउन सकेको छैन,’ पौडेलले भने ।
आफ्नो नेतृत्वको सरकारको बजेटमा व्यवस्था गरिएका कतिपय कार्यक्रम कटौती गरिएकोमा पनि पौडेलले आपत्ति जनाएका छन् ।
विद्युत्तीय सवारीसाधनमा कर लगाउने बजेटको व्यवस्थामाथि पनि पौडेलले असन्तुष्टि जनाए ।
सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यलाई पनि पौडेलले असम्भव भएको टिप्पणी गरेका छन् ।
जेठ १५ मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य समेटिएको छ ।
पौडेलले सरकारले ल्याएको बजेट बजेटजस्तो नभएर पार्टीको घोषणापत्रजस्तो भएको भन्दै असन्तुष्टि व्यक्त गरे । बजेटले यसको मर्ममाथि नै प्रहार गरेको पौडेलको भनाइ छ ।
सुरुदेखि नै बजेटको आलोचनामा समय खर्चिएका पौडेलले आगामी चुनावलाई लक्ष्य गरेर बजेट ल्याइएको भन्दै रोष प्रकट गरे ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया