NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राेमनहरुले तिर्थे पिसाबको कर

रोम । बेल्जियमको ब्रसेल्समा मन्नेकेन पिस नामको एक मूर्ति छ । एउटा सानाे बच्चाले पिसाब गरिरहेकाे मूर्ति हेर्न टाढा टाढाबाट मानिसहरु आउँछन् । यो मूर्तिलाई ब्रसेल्सका मानिसहरू र तिनीहरूको हास्य भावनाको प्रतीक मानिन्छ ।

पिसाबको प्रयोग प्राचीन कालदेखि नै रोगको उपचारका लागि प्रयोग हुँदै आएको छ । यसकाे अन्य धेरै कामका लागि पनि प्रयोगहरु गरिएकाे थियाे ।

इतिहासमा पिसाब पहिलोपटक रोमन सम्राट टिटो फ्लाभियो भेस्पासियानोले ९ देखि ७९ इस्वीको समयमा गरेका थिए ।

त्यसबेला पिसाब जम्मा गरी रोमन साम्राज्यको लुन्ड्री वा फुलोनिकसमा राखिन्थ्यो । त्यहाँ जम्मा भएको पिसाब अमोनियामा परिणत हुन्थ्यो । र त्यो अमोनिया लुगा धुन प्रयोग गरिने एक प्रकारको डिटर्जेन्ट थियो ।

रोमन दार्शनिक तथा लेखक सेनेका भन्छन्, ‘सेतो ऊनका लुगा भिजाएर मजदुर वा धाेबीहरू लुगामाथि टेकेर उफ्रिन थाल्थे । लुगाको रंग निखार्न र चिल्लो हटाउन माटो, पिसाब र सल्फरको प्रयोग गरिन्थ्यो ।’

यसपछि कपडामा पिसाबको दुर्गन्ध हटाउन सुगन्धित डिटर्जेन्टको प्रयोग गरिन्थ्यो र त्यसमा ती कपडा भिजाइन्थ्यो । यसले कपडा सफा हुने भए पनि यो स्वास्थ्यका लागि फाइदाजनक थिएन ।

त्यसबेला लुगा धुने काम एउटा राम्रो व्यवसायमा परिणत भएको थियो, जब भेस्पासियानो सत्तामा आए उनले पिसाबमा कर लगाउन थाले । यो कर रोमको ढल प्रणालीमा जम्मा भएको पिसाब प्रयोग गर्न चाहने व्यक्तिले तिर्नुपथ्र्यो । जनावरको छालालाई नरम बनाउन र पकाउन पनि यसकाे प्रयोग गरिन्थ्यो, किनकि अमोनियाको उच्च पिएचले जैविक पदार्थलाई सडाउँछ ।

जनावरको छालालाई पिसाबमा भिजाएर कपाल र मासुका टुक्राहरू छुट्याउन सजिलो हुन्छ ।

रोमन इतिहासकार सुइटोनियस भन्छन्,‘भेस्पासियानोको छोरा टिटोले आफ्नो बुबासँग पिसाबमा लगाइएको कर सबैभन्दा घिनलाग्दो भएको बताए ।’ जवाफमा, ‘सम्राटले सुनको सिक्का लिए र टिटोको नाकमा राखे र दुर्गन्ध छ कि छैन भनेर सोधे ।’

यहीँबाट ‘एक्जियम अफ भेस्पासियन’ अर्थात्  ‘पैसाबाट कहिल्यै नमिठो गन्ध आउँदैन’ भनेर चिनिने प्रख्यात उखानको उत्पत्ति भएको हो ।