सेयर बजार घट्ने क्रम जारी, १ अर्ब ३१ करोडमा कारोबार खुम्चियो
काठमाडाैं । सोमबार घटेको सेयर बजार मंगलबार पनि घटेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) का अनुसार आज नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.११ अंकले घटेर ४१५.६३ विन्दुमा पुगेको छ ।
आज २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ सेयर कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रूपैयाँ बराबरको कारोबार भएको छ ।मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहमध्ये म्युचुअल फण्डको परिसूचक बढेको छ । म्युचुअल फण्डको ०.४५ प्रतिशतले बढेको हो । त्यस्तै मंगलबार नीर्जीवन बीमा कम्पनीको सर्वाधिक २.५६ प्रतिशत घटेको छ ।
त्यसैगरी, बैंकिङ, व्यापार, विकास बैंक, होटल तथा पर्यटन, वित्त, जलविद्युत, लगानी,उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
नेप्से घटेपनि मंगलबार उपकार लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सो कम्पनीको सेयरमूल्य यस ८.२३ प्रतिशत बढेको छ । आज नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआइसी एसियाको सबैभन्दा धेरै ५ करोड ३७ लाख ९८ हजार ८०० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, नबिलको ३ करोड ९८ लाख ५२ हजार ८०३ रुपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया