NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेयर बजार घट्ने क्रम जारी, १ अर्ब ३१ करोडमा कारोबार खुम्चियो

काठमाडाैं । सोमबार घटेको सेयर बजार मंगलबार पनि घटेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) का अनुसार आज नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.११ अंकले घटेर ४१५.६३ विन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ सेयर कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रूपैयाँ बराबरको  कारोबार भएको छ ।मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहमध्ये म्युचुअल फण्डको परिसूचक बढेको छ । म्युचुअल फण्डको ०.४५ प्रतिशतले बढेको हो । त्यस्तै मंगलबार नीर्जीवन बीमा कम्पनीको सर्वाधिक २.५६ प्रतिशत घटेको छ ।

त्यसैगरी, बैंकिङ, व्यापार, विकास बैंक, होटल तथा पर्यटन, वित्त, जलविद्युत, लगानी,उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

नेप्से घटेपनि मंगलबार उपकार लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सो कम्पनीको सेयरमूल्य यस ८.२३ प्रतिशत बढेको छ । आज नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआइसी एसियाको सबैभन्दा धेरै ५ करोड ३७ लाख ९८ हजार ८०० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, नबिलको ३ करोड ९८ लाख ५२ हजार ८०३ रुपैयाँको कारोबार भएको छ ।