NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

बजेट नीजि क्षेत्रमैत्री : आरती स्ट्रीप्स

काठमाडाैं । नेपाल सरकारद्धारा संघीय संसदको संयक्त सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० सालको आय व्यय विवरण एवं वार्षिक बजेटमा नीजी क्षेत्र उत्साहित देखिएको छ । नीजि क्षेत्रले विगतको समयदेखि उठाउदै आएको विभिन्न मागहरु जसले उनीहरुको उद्योेगलाई वर्षैदेखि असर गर्दै आइरहेको र सोचेभन्दा बढी व्यापार व्यवसाय गर्न नसकेको विषयहरुमा बजेटले समेट्दा अत्यन्त हर्षित भएको आरती स्ट्रीप्स प्रालिले जनाएको छ ।

उत्पादनमुलक उद्योगको जग्गा हदबन्दी सम्बन्धमा, नेपाल सरकारको जग्गा ५० वर्षसम्मको लागि भाडामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सरहानीय रहेको स्टीप्सको धारणा छ । आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति स्वगातयोग्य रहेको स्टीप्सले जनाएको छ । यसका साथसाथै देश फलामजन्य सामाग्रीमा आत्मनिर्भर रहेको जुन विदेशी तथा स्वदेशी लगानीमा स्थापित उद्योगहरुले अब सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको र आयातित फलामजन्य समाग्रीबाट स्वदेशी उत्पादनलाई कुनैपनि समस्या नरहेको कम्पनीले जनाएको छ ।

‘नेपाल स्टील, जस्तापाता, विभिन्न बायर एवं फलामजन्य बस्तुमा आत्मनिर्भर रहेको छ र अब हरेक उद्योग स्वत स्फुर्त रुपमा संचालन हुनेमा दुइमत छैन,’ कम्पनीले उल्लेख गरेकाे छ ।  यसका साथसाथै सरकारले वार्षिक १० करोड भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानको लागि समेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आर्कर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रर्वधन गर्न सजिलो भएको कम्पनीले जनाएको छ । यसका साथसाथै अर्पाटमेन्टहरु विदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगसँगै नेपालमा स्थापित सिमेन्ट र डण्डी उधोगहरु बिक्री वितरण हुन सरकारको राजस्वमा समेत थप वृद्धि हुन जाने देखिन्छ ।

नेपाल सरकारद्धारा प्रस्तुत गरिएको र नीजि उद्योेगहरुलाई प्रोत्साहन एवं संरक्षण गर्नेगरी ल्याइएको यस बजेटलाई स्वागत गर्दै यसमा गरिएका व्यवस्थाहरु चाडोभन्दा चाडो प्रभावकारी ढंगले कार्यान्वयन गर्न कम्पनीले अनुरोध गरेकाे छ ।

आरती स्ट्रीप्स नेपालकै सबैभन्दा ठुलो वैदेशिक लगानीमा स्थापित फलामजन्य सामग्री उत्पादक कम्पनी हो जो मोरङको विराटनगरस्थित टंकीसिनावरीमा रहेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष