NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओली र बालेनकाे भेट भएको पुष्टि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको पुष्टि भएको छ ।

दुईबीच भेट भएको तस्बिर बाहिरिएसँगै यसको पुष्टि भएको थियो । केही घण्टाअघिदेखि ओली र बालेनको भेट भएको भन्ने विषय बारिएको थियो । तर, पुष्टि हुन सकेको थिएन । तस्बिर नै बाहिरिएपछि यसको पुष्टि भएको हो ।

तस्बिरमा ओलीले बालेनलाई खादा लगाइदिइरहेका छन् ।

बालेनले ओलीलाई आफू मेयर हुनुभन्दा अघि नै भेटेका हुन् । बालेनका नजिकका साथी तथा सहयोगी कुमार बेनले यसको पुष्टि गरेका छन् । बेनका अनुसार मेयरको मतगणना चल्दैगर्दा प्रत्याशी बालेन एमाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेका थिए ।

बेनका अनुसार बालेन निर्वाचित हुने निश्चित भएपछि अर्थात मतगणना सकिने अघिल्लो दिन उनीसहितको समूह बालकोट पुगेको थियो । बालेनकै प्रस्तावमा यो भेटघाट भएको बताइएको छ ।

बेन लतितपुरका कीर्तिमानी पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारका छोरा हुन् । नरसिंहलाई बालेन गुरू मान्छन् ।

समकालीन नेताहरूमध्ये उनलाई ओलीबाट बढी आशा भएकाले बालेनले घरमै गएर भेटेको उनीनिकट स्रोतको दाबी छ ।

बालेनबारे सबै बोले, किन बोलेन एमाले ? – NepalWatch