ओली र बालेनकाे भेट भएको पुष्टि
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको पुष्टि भएको छ ।
दुईबीच भेट भएको तस्बिर बाहिरिएसँगै यसको पुष्टि भएको थियो । केही घण्टाअघिदेखि ओली र बालेनको भेट भएको भन्ने विषय बारिएको थियो । तर, पुष्टि हुन सकेको थिएन । तस्बिर नै बाहिरिएपछि यसको पुष्टि भएको हो ।
तस्बिरमा ओलीले बालेनलाई खादा लगाइदिइरहेका छन् ।
बालेनले ओलीलाई आफू मेयर हुनुभन्दा अघि नै भेटेका हुन् । बालेनका नजिकका साथी तथा सहयोगी कुमार बेनले यसको पुष्टि गरेका छन् । बेनका अनुसार मेयरको मतगणना चल्दैगर्दा प्रत्याशी बालेन एमाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेका थिए ।
बेनका अनुसार बालेन निर्वाचित हुने निश्चित भएपछि अर्थात मतगणना सकिने अघिल्लो दिन उनीसहितको समूह बालकोट पुगेको थियो । बालेनकै प्रस्तावमा यो भेटघाट भएको बताइएको छ ।
बेन लतितपुरका कीर्तिमानी पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारका छोरा हुन् । नरसिंहलाई बालेन गुरू मान्छन् ।
समकालीन नेताहरूमध्ये उनलाई ओलीबाट बढी आशा भएकाले बालेनले घरमै गएर भेटेको उनीनिकट स्रोतको दाबी छ ।
बालेनबारे सबै बोले, किन बोलेन एमाले ? – NepalWatch
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया