जङ्गली जनावरको आक्रमणबाट चितवनको एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले आक्रमण गरेको थियो । जङ्गली जनावरको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले दिउँसो ५ः३० बजे आक्रमण गरेको थियो । कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया