सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले विगत वर्षका बजेट नीति कार्यक्रम बनाउँदा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी वर्षको बजेट नीति कार्यक्रम बनाउन ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आजको बैठकमा सुरु भएको आर्थिक वर्ष २०७९-०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरुले बजेट कार्यक्रमलाई समानुपातिक, समावेशी र सन्तुलित ढङ्गको बनाउन सुझाव दिए ।
उनीहरूले विगत वर्षको बजेटको नीति कार्यक्रमका लक्ष्य, उद्देश्य, सिद्धान्त उत्कृष्ट हुने गरे पनि त्यसको कार्यान्वयनको पाटो कमजोर देखिएकाले गम्भीर हुनुपर्ने र बजेट कार्यक्रम बनाउँदा वित्तीय अनुशासन कायम राख्ने खालको हुनुपर्नेलगायतका सुझाव पनि दिए ।
आजको छलफलमा प्रदेशसभा सदस्यहरू प्रेमप्रकाश भट्ट, भरतबहादुर खड्का, श्यामलाल रानाथारु, महेशदत्त जोशी, गेल्बुसिंह बोहरा, बलबहादुर सोडारी, हर्कबहादुर कुँवर, सुशीला बुढाथोकी, नन्दबहादुर साउद र बलदेव रेग्मीले भाग लिएका थिए । बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
मन्त्री रावलले सोमबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथिमकता पेश गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया