जनप्रतिनिधिलाई आजबाट माओवादीको प्रशिक्षण
काठमाडौं । स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले आजबाट प्रशिक्षण दिने भएको छ ।
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने उद्देश्यले माओवादी केन्द्रले आजबाट दुई दिन पार्टीनिकट जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
कमलपोखरीस्थित पुरानो कुमारी हलमा हुने प्रशिक्षणको बुधबार बिहान ११ बजे सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रशिक्षणमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत २६० जनप्रतिनिधि सहभागी हुनेछन् ।
उनीहरूलाई स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा प्रशिक्षित गरिने जनाइएको छ ।
प्रशिक्षण पार्टीका शीर्ष नेता, सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले दिने बताइएको छ ।
स्थानीय तहको अघिल्लो कार्यकालमा अब्बल कार्यसम्पादन गरेका जनप्रतिनिधिले अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि छ ।
२०७४ मा निर्वाचित जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिएको माओवादीले यसपटकको कार्यक्रम अलि व्यवस्थित हुने जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया