विश्वको सबैभन्दा ठूलो वनस्पति अष्ट्रेलियामा फेला पर्यो
काठमाडौं । पृथ्वीमा सबैभन्दा ठूलो बिरुवा (म्यानहट्टनभन्दा लगभग तीन गुणा आकारको समुद्री घाँस) अष्ट्रेलियाको तटमा फेला परेको छ ।
आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा पानीमुनि भेटिएकाे ठूलाे घाँसे मैदान वास्तवमा एउटै बोट हो भनेर निर्धारण गरेका छन् ।
यो कम्तिमा ४ हजार ५ सय वर्षमा एउटै बीउबाट फैलिएको मानिएको छ । यस समुद्री घाँसले करिब २०० वर्ग किलोमिटर (७७ वर्ग माइल) ओगटेको युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले भनेका छन् ।
अनुसन्धान टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको शार्क खाडीमा उक्त वनस्पति भेटेका हुन् । तिनीहरूले अष्ट्रेलियाको तटमा पाइने रिबन विड प्रजातिको आनुवंशिक विविधता बुझ्नका लागि अध्ययन सुरू गरेका थिए ।
अन्वेषकहरूले खाडीबाट भर्खर उम्रिँदै गरेका बिरुवाहरु संकल गरे र प्रत्येक नमूनाबाट १८ हजार आनुवंशिक चिह्नहरुको जाँच गरे ।
उनीहरूले घाँसे मैदानमा कतिवटा बिरुवाहरू बनेका छन् भनी पत्ता लगाउने लक्ष्य राखेका थिए । तर त्यहाँ उनीहरुले एउटामात्र बिरुवा पाए । यो प्रजाति सामान्यतया एक वर्ष ३५ सेन्टिमिटर सम्मको दरमा बढ्छ । यसरी अनुसन्धानकर्ताहरुले यसको वर्तमान आकारमा फैलिन ४५ सय वर्ष लागेको अनुमान गरेका छन् । यो अनुसन्धान जर्नल प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया