काठमाडौं महानगरले ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ तत्कालै सुरु गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार एम्बुलेन्स तत्कालै सुरु गर्ने भएको छ । यो एम्बुलेन्सले बाटोको खाल्डाखुल्डी मर्मत गर्नेछ ।
अहिले सुरु गरेको २ वटा एम्बुलेन्सका लागि महानगरमा नै भएका पुराना गाडी प्रयोग गरिनेछ । यो एम्बुलेन्समा एक जना इन्जिनियरसहित ५ जना जनशक्ति हुनेछन् ।
यसका लागि कल सेन्टर पनि महानगरले सुरु गर्ने र स्थानीयको उजुरी एवं गुनासो अनुसार एम्बुलेन्स सञ्चालन हुनेछ र लगभग १ सातामा कार्यान्वयनमा आउने बताइएको छ ।
प्रतिक्रिया