त्रि–चन्द्र कलेजमा नेविसंघका कार्यकर्ताहरूमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको त्रि–चन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूमाथि खुकुरी प्रहार भएको छ ।
क्याम्पस परिसरमै आज भएको धारिलो हतियार प्रहारबाट विपिन ढुङ्गाना, केशरजङ्ग बम, श्रीधर श्रेष्ठलगायत कार्यकर्ता घाइते भएको त्रि–चन्द्र नेविसंघले जनाएको छ ।
घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारवाही गर्न नेविसंघ त्रि–चन्द्रले माग गरेको छ ।
खुकरी प्रहार कसले गर्यो भने खुलाइएको छैन । अराजक समूहद्वारा गरिएको नेविसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया