देउवाले गरे बालेनको प्रशंसा : तपाईँले चमत्कार गर्नुभयो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । उनले देउवालाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमै गएर भेटेका हुन् ।
मेयर शाहले काठमाडौं महानगरमा रहेका समस्या समाधान गर्न सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले कामपाको समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने कुरा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले बालेनले निर्वाचन जितेर चमत्कार गरेको भन्दै उनको प्रशंसा गरेका थिए ।
‘तपाईँले चमत्कार गर्नुभयो । म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा नै सम्झन सक्नुहुनेछ,’ उनले भने, ‘महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत छ । विकासको काममा सहयोग हुनेछ । फोहर व्यवस्थापनका लागि जे–जस्ता उपाय छन् लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ ।’
मेयर शाहले आफू महानगरमा कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
लागु हुँदै बालेनका नयाँ योजना, ठमेलको एउटा रेस्टुरेन्टको शौचालय बन्यो सार्वजनिक शौचालय – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया