NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

देउवा र ओलीसँगको भेटबारे बालेनको यस्तो स्पष्टीकरण

काठमाडौंं । काठमाडौंं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीसँगै राजनीतिक दलका नेताहरूलाई आफूले भेटेकोमा अन्यथा नलिन आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि आफूहरूले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तिसँग भेटघाट गर्ने स्पष्ट पारेका छन् ।

यो शिलशीला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएको र त्यो निकै पछिसम्म रहने मेयर शाहले जानकारी दिएका छन् ।

चुनाव जित्ने निश्चित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषय मंगलबार बाहिरिएको थियो । यसलाई लिएर कतिपयले आलोचना गरेका थिए । मेयर शाहले आज त्यसैको स्पष्टीकरण दिएका हुन् ।

देउवाले गरे बालेनको प्रशंसा : तपाईँले चमत्कार गर्नुभयो – NepalWatch

मेयर शाहको स्पष्टीकरणको पूर्ण अंश :

हाम्रा लक्ष्यहरू विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ । राजनैतिकरुपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ । काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो शिलशीला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ । यसैक्रममा केहीअघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ; आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरूले दिनुभएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।

ओली र बालेनकाे भेट भएको पुष्टि – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष