NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बिजबजारको भारी छुटसहितको ‘२० मा बिज’ आज राति १२ बजेबाट लाइभ हुँदै

काठमाडाैं । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पिएनअन्तर्गतको जेष्ठ महिनाको क्याम्पिएन आज राति १२ बजे बाट लाइभ हुने भएको छ ।

यस क्याम्पिएनमामा सेवाग्राहीले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा न्युनतम २० प्रतिशत छुट प्राप्त गर्नुका साथै धेरै रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जेष्ठ महिनाको ‘२० मा बिज क्याम्पिएन’ विशेष गरी गेमिङ ग्याजेटहरू तथा इलेक्ट्रानिक्स सामानहरूमा केन्द्रित रहेका बिजबजारले बताएको छ।

जेष्ठ २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट बिहान १० बजे देखि राति ८ बजेसम्म विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू तथा २० ह्रवाटस् इन दि बक्स ? खेल प्रत्यक्ष प्रसार मार्फत सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

त्यसै गरी सो क्याम्पिएनअन्तर्गतको पहिलो २० सेवाग्राहीहरूले २० मा बिज मार्फत किनेका सामानको अनबक्सिङ फोटो वा भिडियो बिजबजारलाई पठाइ ‘Unbox & Win’ मा सहभागी हुँदा अर्को खरिदमा २० मा द्यक्ष्श् मा खरिद गरेको रकमको २०५ अथवा बढीमा ४ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्।

सँगसँगै सो क्याम्पिएनमा Combo Hour – Combo Pack of Gaming Essentials, Work Work Work (Discounts on Electronic Products), The Game Changer (one day delivery), Fit & Mad, The Handy Tools जस्ता अन्य अफर र योजनाहरू रहेको र २० मा बिजका लागि निर्धारित सेवा वा सर्तहरू लागु गरिने कुरा कम्पनीले जनाएको छ।

साथै https://bit.ly/3zbR2I9 यो लिङ्कमार्फत सर्भे फार्म भरि रु १२० बराबरको सपिङ भाउचर पनि प्राप्त गर्न सकिने छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पिएन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै http://Bizbazar Online Shopping Appएप डाउनलोड गर्न सकिनेछ भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहनेले भने सिधै http://www.bizbazar.com.np मा  गएर पनि यो सेवा लिन सक्नेछन् ।