एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन
काठमाडौं । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन भएको छ । फन्डले १० करोड इकाई निष्कासन खुला गरेको हो ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ १० करोड इकाई निष्कासन गर्न लागेको जनाइएको छ । जसमा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
फन्डमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा असार २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया