मुक्तिनाथलाई भेटी अब बैंक खातामा

बलेवा । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो ।
नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा. रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सरलता र सहजता आएको बताए । उनले प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेकोे बताए ।
प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए । उनले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए ।
प्रायः मठमन्दिरमा चड्ने भेटिका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ छ ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया