पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यास र हवाई इन्धनको घटेन
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य पनि घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । उपभोक्ता मारमा परेका थिए । यसको गर्दा यसको चौतर्फी आलोचना भइरहेको थियो ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया