युरोपमा मानिसकाे भीडभाडमा सुई आक्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय फ्रान्स, बेलायतलगायत युरोपका धेरै देशमा रहस्यमय सुईको आतंक छ । नाइटक्लब, कन्सर्ट र धेरै भीडभाड हुने ठाउँहरूमा मानिसहरुमाथि सुई आक्रमण भइरहेको छ । फ्रान्समा यस्ता ३०२ पीडितले उजुरी दिएका छन् ।
प्रहरीले अनुसन्धान गरिरहे पनि यसबारे सुराक भने फेला परेको छैन । फ्रान्ससँगै बेलायत, बेल्जियम र नेदरल्याण्डका प्रहरीले पनि यस्ता घटनाको अनुसन्धान गरिरहेका छन् ।
त्यहाँ को-को छन् र कसले यस्तो गरिरहेका छन् भनेर प्रहरीले खोजी गरिरहेको छ । पीडितमध्ये अधिकांश महिलाहरु रहेका छन् । आफ्नो पाखुरामा सुईको दाग रहेको र सुईसँगै नीलो रङको पदार्थ देखिएको पीडितहरुले बताएका छन् ।
यो लागूऔषधको इन्जेक्सन हो वा अन्य केमिकल हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । धेरैजसो पीडितले सुई लगाएपछि चक्कर लाग्ने र बान्ता हुने गरेको गुनासो गरेका छन् । केही पीडितहरूले निद्रामा समस्या र बेचैनी पनि हुने गरेको अनुभव गरेका छन् ।
फ्रान्सेली प्रहरी अधिकारीका अनुसार दुई व्यक्तिमा जिएचबी ड्रग्स पोजेटिभ देखिएको छ । यो सुई लगाएको १२ घण्टाभित्रै पिसाब परीक्षण गरेमात्रै थाहा हुन्छ । पीडितहरूलाई जिएचबीको सुई लगाइएको आशंका गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया