रूसबाट तेल आयात र गहुँ निर्यातमा प्रतिबन्धबारे भारतद्वारा प्रतिरक्षा
काठमाडौं (एजेन्सी) । युरोपको राजनैतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वभाविक भए पनि भारतका लागि यो सम्भव नभएको बताएको छ ।
ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश मन्त्री एस जयशंकरले भने, “हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो ।”
जयशंकरले रूसबाट युरोपले निरन्तर ग्याँस खरिद गरेको भन्दै भारतले तेल आयात गर्नु कुनै ठूलो भूल नभएको बताए ।
उनले एक प्रश्नको जवाफमा भने, ‘रुसी ग्यास खरिद गर्नु भनेको युद्धलाई आर्थिक सहयोग गर्नु होइन, किनकि यो भारतबाट आउने भारतीय पैसा र फन्ड मात्र होइन । यूरोप आउने ग्यास पनि रोकिएको त छैन नि ।’
कच्चा तेलको आयात बढ्नुमा विश्व बजारमा देखिएको तेल अभाव र यसको प्रभाव जिम्मेवार रहेको भारतीय विदेशमन्त्रीको भनाइ छ ।
जयशंकरले भने, ‘तेलबजारमा तेलको अत्यधिक अभाव छ र तेलमा सबैको पहुँच कठिन छ, भारतजस्तो देश ले अरुबाट तेल लिएर नियमितबाहेकका अरु कुनै मुलुकलाई तेल बेचेमा प्रश्न सान्दर्भिक ठहरिने छ तर यसो गरिएको छैन ।’
युरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या युरोपको समस्या होइनन् भन्ने मानसिकताबाट युरोप पछि हट्नुपर्नेमा उनले जोड दिए ।
मन्त्रीले गहुँ निर्यातमा कटौती गर्न हालै गरिएको कदमको बचाव र औचित्य पुष्टि गर्दै भारतीय गहुँ भण्डारण गरिएको र यो अनुमानित व्यापारका लागि प्रयोग गरिएको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया