भारतमा ग्यास चुहावट हुँदा १५० जना अस्पताल भर्ना
काठमाडौं (एजेन्सी) । भारतको एउटा प्रयोगशालामा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन् ।
बिरामीमध्ये अधिकांश महिला कामदार रहेका छन् । शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।
भारतको आन्द्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्याँस चुँहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु विरामी भएका हुन् । आन्द्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो ।
‘घटनामा परी विरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,’ जिल्ला चिकित्सा तथा स्वास्थ्य प्रमुख हेमन्त अनाबाथुलले भने ।
ग्याँस चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
ग्याँस चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखापरेको थियो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया