खुमलटार पुगेर बालेनले भेटे प्रचण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (वालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री र राजनीतिक दलको नेतृत्वसँग भेटघाट गरिरहेका वालेनले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
यसअघि पनि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग यसैगरी भेटवार्ता गरेका थिए ।
शनिबार बिहान खुमलटारस्थित निवासमा आएर बालेनले आफ्नो पार्टीका अध्यक्षलाई भेटेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् ।
भेटमा प्रचण्डले वालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोमा बधाई दिएका थिए । जनता नै सर्वोपरी भएकाले उनीहरूको हितमा काम गर्न प्रचण्डले सुझाव दिएको उनको सचिवालयले जनाएको छ ।
वालेनले राष्ट्रिय राजनीतिमा प्रचण्ड निर्णायक रहेको उल्लेख गर्दै गठबन्धनको तर्फबाट आफूले सहयोगको अपेक्षा राखेको बताएका थिए । जवाफमा प्रचण्डले साथ सहयोग रहने प्रष्ट पारेका छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया