NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता प्रवर्धन र्‍याली

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्‍याली (वकाथोन) को गरेको छ ।

शनिबार चितवनको नारायणगढ बजारको पुल्चोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लाकार्ड लिएका थिए ।

बचत गरौं भन्ने मूल नाराका साथ आयोजित उक्त र्यालीले सर्वसाधारणलाई वित्तीय कारोबारसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय कारोबारमा उनीहरूको पहुँच अभिवृद्धि गर्ने बैंकको विश्वास छ ।

र्यालीमा बैंक संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, उच्च व्यवस्थापन तथा कर्मचारी गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष