भारतको रासायनिक कारखानामा विस्फोट, ८ को मृत्यु, १५ घाइते
काठमाडौं (एजेन्सी) । उत्तर प्रदेशको हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएका तथा आठ जनाको मृत्यु भएको छ हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए । घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया