सप्तरी जिल्ला वारमा नयाँ नेतृत्व

सप्तरी । सप्तरी वार एकाईको अध्यक्षमा समावेशी प्रगतिशील समूहका रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।
शनिबार मध्यराति सम्पन्न मतगणना अनुसार, उपाध्यक्षमा फूलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल र सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनाथ शरण, राजनारायण यादव र रहमुल मन्सुरी निर्वाचित भएका छन् ।
त्यसैगरी, केन्द्रीय पार्षद्मा महेन्द्रप्रसाद देव, केशरलाल खङ्ग, वीरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् । जिल्ला वार एकार्इको सहसचिव पदमा समावेशी प्रगतिशील समूहकै किरणकुमारी साह निर्विरोध निर्वाचित भएका छन् ।
कुल ९७ मतदाता रहेको जिल्ला वार एकार्इको निर्वाचनमा ९४ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया