NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मेयर शाहले भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटघाटको कार्यक्रमलाई तीव्र बनाएका छन् ।

महानगरका समस्या समाधान गर्ने यत्नका साथ शीर्ष नेताहरूसँग भेटवार्ता गरिहेका मेयर शाहले आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन् ।

मेयर शाह मुख्यमन्त्री पाण्डेलाई भेट्न उनकै निवास स्वयम्भू पुगेका थिए ।

भेटमा मेयर शाहले फोहोर व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा मुख्यमन्त्री पाण्डेले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।