पद खुस्किने थाहा पाएपछि ‘मन्त्री’हरूको दौड अध्यक्षको कार्यकक्षसम्म, थामथुमको प्रयास

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाललाई भेट्न मन्त्रीहरू पार्टी कार्यालय बानेश्वर पुगेका छन् ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले सबै मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । आठ महिना नपुग्दै पद धरापमा परेपछि थमौतीका लागि मन्त्रीहरू नेपाललाई भेट्न पुगेका हुन् ।
पार्टी कार्यालयको माथिल्लो तल्लामा अध्यक्ष नेपाल, महासचिव डा. बेदुराम भुसाललगायत नेताहरूसँग मन्त्रीहरूको भेटवार्ता चलिरहेको छ । नेपाललाई भेट्ने मन्त्रीहरूमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् ।
गत भदौ ९ गते निर्वाचन आयोगबाट एकीकृत समाजवादीले मान्यता प्राप्त गरेपछि असोजको अन्तिम साता उनीहरू मन्त्री भएका थिए । गठबन्धन दलको भागबण्डामा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्रीसहित ५ मन्त्री पाएका थिए । त्यतिबेला मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रीको कार्यसम्पादन हेरी ६-६ महिनाको पालोफेरो गर्ने पार्टीले निर्णय गरेको थियो ।
तर सहभागी मन्त्रीले कार्यसम्पादनमा सन्तोषजनक नतिजा नदेखिएको, जनपक्षीय काम गर्न नससकेको भन्दै बैठकमा मन्त्रीहरूको तीव्र आलोचना हुँदै आएको थियो । मन्त्रीहरूको कार्यशैलीप्रति अध्यक्ष नेपालसमेत असन्तुष्ट रहेका थिए । पार्टीले चुनावअघि नै मन्त्रीहरू फिर्ता बोलाउने भनिएपनि निर्वाचन आचारसंहिताले गर्दा रोकिएको थियो ।
नेकपा एसले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलायो, एक बाँकी – NepalWatch
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया