NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

गायक श्रेष्ठले काठमाडौंबाट चुनाव लड्ने

काठमाडौं । गायक सञ्जय श्रेष्ठले आगामी कात्तिक र मंसिरका हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हाल राप्रपामा आबद्ध श्रेष्ठले आफूलाई पार्टीले टिकट नदिए स्वतन्त्रबाट भएपनि उम्मेदवारी दिने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिएपनी मैले आउँदो मंसिर ताका हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरेँ । अब बाँकी तपाईँहरुको साथ र विश्वास !’, उनले फेसबुकमा लेखेका छन् ।

संघ र प्रदेशको निर्वाचन कात्तिक २७ र मंसिर ३ मा, कहाँ कहिले ? – NepalWatch