NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पौडेललाई सिंहको जवाफ : यो कुरा तपाईंको मुखबाट आउँदा सुहाएन दाइ

काठमाडौं । कांग्रेस काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले नेता रामचन्द्र पौडेलको कटाक्षप्रति जवाफ फर्काएकी छिन् ।

पौडेलले काठमाडौंमा उम्मेदवार नै चयन ठीक नभएको भन्दै बोलेपछि कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिर्जनाले जवाफ पर्काएकी हुन् ।

प्रकाशमानले भन्दा पहिले पौडेलले आफ्नो राजनीतिक यात्रा चिनेको र थाहा पाएको भन्दै सिंहले पौडेल गोरखाको जेलमा पर्दा दिएको साथ र सहयोग बिर्सेको पनि बताएकी छिन् ।

‘‘मेरो राजनीतिक यात्रामा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहा पाउनु भएको, हामी छिमेकी जिल्लावासी पनि मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई ? यो कुरा तपाईंको मुखबाट आउँदा भन्दा अलि सुहाएन कि दाइ’ सिर्जनाले ट्वीटरमा लेखेकी छिन् ।

सिर्जना काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाहसँग पराजित भएकी थिइन् ।

सिफारिसमा आएका हरिप्रभा खड्गी र तीर्थराम डंगोलको सट्टामा वंशवाद थोपर्दा हार्नुपरेको उनको भनाई थियो ।

पौडेलले सम्धी, छोरा र छोरीलाई राजनीतिकसहितका नियुक्ति दिएको भन्दै सिंह निकट स्रोतले आपत्ति जनायो । ‘उहाँ सभामुख भएपछि मन्त्री हुनुभयो । सम्धी, छोरा, छोरीलाई सबैलाई राजनीतिक नियुक्तिमा लोभ देखाउँदै आएको देखिन्छ’ सिंह निकट स्रोतले भन्यो, ‘आज गणेशमान सिंहको परिवारको नेतालाई उहाँले आरोपित गर्न सुहाँदैन ।’