कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्न ओलीलाई भीम रावलको सुझाव
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं एमालेका नेता डा. भीम रावलले अध्यक्ष केपी ओलीलाई कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्न सुझाव दिएका छन् ।
स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारवाही प्रक्रिया अगाडी बढाएको सन्दर्भमा रावलले ओलीप्रति संकेत गर्दै उनले कमजोरीको संस्थागत रूपमा समस्याको हल नगरी उल्टो बाटो हिड्दा झन पराजय हुने टिप्पणी गरेका छन् ।
‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नु पर्छ’, सोमबार ट्वीटरमा उनले उल्लेख गरेका छन्, ‘कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ ।’
रावल एमाले विभाजन अघि पार्टी एकता कार्यदलको संयोजकसमेत हुन् । ओलीको राजीनामा मागेको विषयलाई लिएर आयोगले भुसाललाई कारवाही प्रक्रिया अगाडी बढाएपछि रावलको पछिल्लो प्रतिक्रिया आएको हो । पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनीप्रति पनि ओली असन्तुष्ट रहेका छन् ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया