कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्न ओलीलाई भीम रावलको सुझाव
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं एमालेका नेता डा. भीम रावलले अध्यक्ष केपी ओलीलाई कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्न सुझाव दिएका छन् ।
स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारवाही प्रक्रिया अगाडी बढाएको सन्दर्भमा रावलले ओलीप्रति संकेत गर्दै उनले कमजोरीको संस्थागत रूपमा समस्याको हल नगरी उल्टो बाटो हिड्दा झन पराजय हुने टिप्पणी गरेका छन् ।
‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नु पर्छ’, सोमबार ट्वीटरमा उनले उल्लेख गरेका छन्, ‘कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ ।’
रावल एमाले विभाजन अघि पार्टी एकता कार्यदलको संयोजकसमेत हुन् । ओलीको राजीनामा मागेको विषयलाई लिएर आयोगले भुसाललाई कारवाही प्रक्रिया अगाडी बढाएपछि रावलको पछिल्लो प्रतिक्रिया आएको हो । पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनीप्रति पनि ओली असन्तुष्ट रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया