आदर्श लघुवित्तको असार १ गतेदेखि आइपिओ आउँदै
काठमाडौं । आदर्श लघुवित्तले असार १ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
जसमध्ये ५५ अर्थात् ३ हजार ३५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपिओमा लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यो आइपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया