NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बजेटबारे घ्यु, तेल उत्पादक संघले दिएको अभिव्यक्तिप्रति चाउचाउ उत्पादक संघको आपत्ति

काठमाडाैं । बजेटका सम्बन्धमा नेपाल वनस्पती ध्यु तेल उत्पादक संघले दिएको अभिव्यक्तिप्रति नेपाल चाउचाउ उत्पादक संघले आपत्ति जनाएको छ । चाउचाउ उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

सरकारले ल्याएको बजेटमा चाउचाउ उद्योगको लागि चाहिने पाम आयल, पामोलिन जस्ता कच्चा पदार्थ उद्योग विभागको सिफारिसमा आयात गर्दा ५ प्रतिशत भन्सार महशुल लाग्ने छ भनि दिइएको सुविधामा वनस्पती ध्यु तेल उत्पादकसंघले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा एकातिर विदेशी मुद्राको सञ्चिती, अर्कोतर्फ राजश्व संकलनमा विशिष्ट भुमिका निर्वाह गरिरहेको चाउचाउ उद्योगहरुले देशलाई समृद्ध बनाउन पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्नुपर्ने ठाउँमा विरोध भन्दा प्रोत्साहन गर्नु ठिक हुने जनाएको छ ।

‘नेपाली चाउचाउ उद्योगले के कति समस्या झेल्नु परेको छ त्यस प्रति उहाँहरुले कहिल्यै चासो देखाउनु भएको छ र ? ‘विगत १० वर्षमा धेरै वटा उद्योग बन्द भैसकेका छन् । अहिले सरकारले स्वदेशी उद्योगलाई सानो सहयोग गर्दा यसरी टिक्काटिप्पणी हुनुमा हामी आफैँमा चकित भएका छैँ,’ जारी विज्ञप्तमा लेखिएको छ ।