पत्रकारलाई दुव्यर्वहार गर्ने गुरागाईंलाई कारबाही गर्न पत्रकार महासंघको माग
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारलाई दुव्यर्वहार गर्ने, धम्क्याउने, अदालतमा विचाराधीन मुद्दामा प्रभावित बनाउन खोजेको भन्दै ‘नेपाल आज’ अनलाइनका अध्यक्ष माधव गुरागाईंलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ ।
महासंघको तर्फबाट विज्ञप्ति जारी गर्दै महासचिव रोशन पुरीले गुरागाईंबाट साथी, सहकर्मी, आफन्तसमेतलाई धम्की दिएको उजुरी परेको, महासंघको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसक्दा उनी यस्ता गतिविधि गर्न नछोडेको भन्दै गुरागाईंलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रवन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो ।
‘पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि ‘नेपाल आज’ नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँले दुव्यर्वहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । गुरागाइँले साथी, सहकर्मी र आफन्तसमेतलाई विभिन्न प्रकारले धम्की दिएको पत्रकार न्यौपानेले महासंघमा जानकारी गराउनु भएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘पीडकविरुद्ध पत्रकार न्यौपानेले दायर गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा विभिन्न व्यक्ति तथा संस्थाको आवरणमा पीडित, उनका आफन्त, साथी तथा सहकर्मीलाई धम्की दिनु अर्को अपराध हो । निज गुरागाइँले पत्रकार पुष्प ढुंगाना, ध्रुव रिजाललगायत पत्रकार तथा सञ्चारकर्मीलाई पनि विभिन्न माध्यमबाट धम्की दिएको महासंघमा निवेदन प्राप्त भएको छ ।’
गुरागाईंले साक्षी बस्नेलाईसमेत धम्क्याए अदालतको अपहेलना गरेको महासंघको भनाई छ ।
‘नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई पनि पत्रकार न्यौपानेलाई न्याय दिलाउन साक्षी बसेको निहुँमा प्रतिवादी गुरागाइँले अन्य व्यक्तिको प्रयोग गरी धम्क्याउने काम गरेका छन् । महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाकाअनुसार प्रतिवादी गुरागाइँले अन्य व्यक्ति प्रयोग गरी बकपत्रका लागि अदालत नजान दबाब दिँदै ‘तपाईंको सुरक्षा तपाईंकै जिम्मेवारी हो’ भनी पत्रकार कर्णलाई धम्क्याएका थिए’ विज्ञप्तिमा उल्लेख छ, ‘न्यायको पक्षमा उभिँदा पत्रकारलाई दिइएको दबाब र धम्कीको यस्ता घटना आपत्तिजनक र प्रेस विरोधी काम हुनुका साथै अदातलको अपहेलाना पनि हो । अदालतमा विचाराधीन मुद्दालाईसमेत प्रभावित बनाउने गरी धम्की दिएको यो घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने काम भएको महासंघको ठहर छ । महासंघको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसकेको निज गुरागाइँलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रवन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’
गुरागाईंलाई यस अघि नेपाल प्रेस काउन्सिलले पनि कालोसूचीमा राख्ने, सूचीकरणबाटै हटाउनेसम्मको कारवाही गरिसकेको छ ।
https://www.presscouncilnepal.gov.np/np/2022/06/03/6383/?fbclid=IwAR3JGivmEx1_VeqNnQKPF4gtQOp7b4epi1pMkR7Y52S0Y95ucHv73llqpK8
व्यक्तिगत चरित्रहत्या गर्ने नेपालआजलाई प्रेस काउन्सिलले सूचीकरणबाट हटायो
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया