काबुलबाट एक महिनामा दुई हजार पक्राउ
काबुल । अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले सोमबार जनाएको छ ।
आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै उक्त संस्थाले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका थिए ।
अफगानिस्तानमा गत अगस्त १५ मा तालिवान समूहले सत्ता कब्जा गरेपछि तालिवान समूहको नेतृत्वमा सरकार चल्दै आएको छ ।
तालिवान समूहले सरकारविरोधी गतिविधिमा सम्लग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरूको दावी रहँदै आएको छ ।
अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाई रहने गरेको छ ।
प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा सम्लग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरूविरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया