रुसी जर्नेल मारिए
काठमाडौं । युक्रेनविरुद्धको युद्धमा होमिएका एक रुसी जर्नेल मारिएका छन् ।
डोन्बास क्षेत्रमा दुई पक्षबीच भएको आक्रमणमा रुसी सैनिक जर्नेल रोमन कटुजोभको ज्यान गएको हो ।
युक्रेनी सशस्त्र फौजले पूर्वी डोन्बासस्थित युद्धस्थलमा कुटुभोज मारिएको जनाएको छ ।
कटुजोभले रुसले स्वतन्त्र राज्यको मान्यता दिएको दोनेत्स्क क्षेत्रका आफ्ना सेनाको नेतृत्व गरिरहेका थिए ।
यसक्रममा कम्तीमा सात जना वरिष्ठ रुसी अधिकारी पनि मारिएको पश्चिमा राष्ट्रहरूले दाबी गरेका छन् । तर युक्रेनले भने आफ्नो जवाफी कारबाहीमा मारिने वरिष्ठ रुसी सेनाको संख्या १२ पुगेको दाबी गरेको छ ।
गत फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण थालेको रुसले त्यसयता यसलाई जारी राखेको छ । आइतबारदेखि उसले युक्रेनेका राजधानी किभमा समेत भीषण आक्रमण गरिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया