NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रूसी जेट रोक्ने उड्डयन कार्यालयको आदेश श्रीलंकाली अदालतद्वारा खारेज

काठमाडौं (एजेन्सी) । सोमबार श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्नेभएको छ ।

श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कंने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगी राखिएको थियो ।

उक्त रूसी विमानले आयरल्याण्डको ‘सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेडलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलटविरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको हो ।

विमानलाई उडान अनुमति नदिएपछि श्रीलङ्का र रूसबीच कूटनीतिक तनाव बढेको थियो ।

यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलङ्काका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो ।

बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने विमानस्थल र उड्डयन सेवाले यो विवाद ‘केवल व्यावसायिक प्रकृतिको’ भएको र यसमा राज्यको हस्तक्षेप हुन नहुने बताएको थियो ।

तर सोमबार सरकारी महान्यायधिवक्ताले उक्त मुद्दाको सुनुवाइ तालिकाभन्दा दुई दिनअघि विमानलाई उडान अनुमति दिने व्यवस्था मिलाउन गरेको निर्देशनपछि अदालतले यो आदेश जारी गरेको हो ।

मस्कोले युक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले आफ्ना सबै अन्तरराष्ट्रिय उडानहरू निलम्बन गरकोे तर अर्को महिनादेखि कोलम्बोका लागि पुनः उडान परिचालन गर्न अनुमति दिइएको थियो ।

रूसको नागरिक उड्डयन निकायले रूस–यूक्रेन युद्धका कारण विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई आउनसक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो कब्जाबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष