चीनको याङ्जे नदीमा तीन करोड माछा छाडियो
काठमाडौं (एजेन्सी) । चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३० लाखभन्दा बढी माछालाई छोडिएको छ ।
हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजातिलगायत केही संरक्षित प्रजातिहरू पनि छन् ।
कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो ।
कृषि तथा ग्रामीण मामिलासम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरूलाई छोडिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया