NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कार्यकक्षमा बैठक गर्दै थिए मन्त्री, आफ्नै साथीले गोली हानेर ज्यान लिए

काठमाडौं । भनाइ नै छ– गाँस छाड्नू तर साथ नछाड्नू । मित्रताको गाम्भीर्यताबारे यस्तो भनाइ प्रचलनमा रहे पनि सबै सम्बन्ध हार्दिकतापूर्ण नहुने रहेछन् । केही  सम्बन्धहरू त जीवन अन्त्यको कारक नै बनिदिने रहेछन् ।

डोमिनिकन रिपब्लिकमा बलालवाला मन्त्री आफ्नै बाल्यकालीन साथीको हातबाट मारिएका छन् ।

त्यहाँका वातावरण तथा प्राकृतिक स्रोत मन्त्री ओर्लाण्डो जर्ज मेरा सोमबार आफ्नै कार्यकक्षमा बसेर छलफल गरिरहेका थिए । ठीक त्यही समय उनका बाल्यकालीन साथी त्यहाँ प्रवेश गरे । मित्रबाट यस्तो विश्वासघात हुने सायदै कल्पना गरिन्छ । तर मन्त्री ओर्लाण्डोमाथि आफ्नै बाल्यकालीन मित्रबाट अन्धाधुन्ध गोली प्रहार भयो ।

बिबिसीले आफ्नो कार्यकक्षमा छलफल गरिरहेका बेला ५५ वर्षीय जर्ज मेरामाथि उनका साथीले ६ राउण्ड गोली प्रहार गरी हत्या गरेको लेखेको छ ।

मन्त्रीको ज्यान लिने ती व्यक्तिको नाम मिगुएल क्रुज रहेको खुलेको छ । राष्ट्रपतिका प्रवक्ताका अनुसार, क्रुज मन्त्री ओर्लाण्डोका बाल्यकालीन साथी हुन् ।

आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीले हिरासतमा राखेको छ ।

आफ्नै बाल्यकालीन साथीलाई ती व्यक्तिले किन गोली प्रहार गरे भन्ने खुलेको छैन ।

वर्तमान राष्ट्रपति लुइस अबिनाडर सत्तामा आएदेखि जर्ज मेरा जिम्मेवारीमा आएका थिए ।

त्यहाँका राष्ट्रपति अबिनाडरले जर्ज मेराको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।

जर्ज मेरा पूर्व राष्ट्रपति साल्भाडोर जर्ज–ब्लान्कोका छोरा हुन् ।

उनका श्रमती र दुई छोरा छन् । श्रीमती ब्राजिलमा राजदूत छिन् भने एक छोरा सांसद् छन् ।

ताजा अपडेट

नेपालवाच विशेष