कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरपालिकाले उठाउँदैन : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाले घर तथा कार्यालयबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोर सम्बन्धित व्यक्तिले नछुट्याए नउठाउने भएको छ ।
सोमाबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको सरोकारवाला निकायहरूको बैठकले फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बाध्यकारी निर्णय गरेको हो । काठमाडौंका मेयर बालेन शाहले सहमति पत्रलाई सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै स्रोतबाट उठेको फोहोर अबदेखि महानगरले एकै ठाउँमा नमिसाउने उल्लेख गरेका छन् ।
‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ’, शाहले उल्लेख गरेका छन् ।
मेयर शाहले काठमाडौंको फोहोर उठ्ने विश्वास दिलाउँदै उनले फोहोरबाट उत्पन्न समस्याप्रति क्षमा मागेका छन् ।
फोहोर उठ्नु मात्रै यसको समाधान होइन भन्दै मेयर शाहले फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न प्रतिबद्धता जनाएका छन् । यसका लागि महानगरबासीसँग मेयर शहले सहयोग मागेका छन् ।
‘समाधान तपाईहरूको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन’, शाहले लेखेका छन् । काठमाडौं माहानगरले विगतको गल्ति नदोहो¥याउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया