NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

अपर हेवाखोला हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  लगानीकर्ताले आज कार्यालयसमयभित्र सो आइपिओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जेठ १० गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि ५ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।