पार्टीभित्रका चिप्ले किराहरूले मन्त्री बन्न चलखेल गरे : मन्त्री आले
काठमाडौं । सांस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पार्टीभित्रका आफ्नै नेताहरूमाथि अपशब्द बोलेका छन् ।
पशुपति विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रमा सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूमाथि निकै आक्रोस पोखे । आफूहरू ६ महिनाका लागि सरकारमा गएको स्वीकार गर्दै उनले थप दुई महिना बोनस पाएको बताए ।
‘मैले मेरो पार्टीको नेता माधव नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाका लागि हामीलाई तोकिएको थियो । हामीले त आठ महिना खान पायौं । दुई महिनामा त धेरै स्वाद पाइसक्यौं । अरू साथीहरूलाई मौका दिने तपाईंको चाहना हो भने दिनोस् मैले भने । मैले सहमति पनि दिएको हो’, नेतामाथि आक्रोसित हुँदै मन्त्री आलेले भने, ‘तर पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरू आजै चलखेल गर्न अन्तरर्वार्ता दिइराखेका छन् । मलाई मन्त्रीको कुनै लोभ छैन । जति दिन, जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुँरिनेगरी काम गर्छु ।’
त्यस्तै पशुपति विकास क्षेत्रमा कतै हुरी बतास आउन नदिने गरी संरक्षण गर्न जनप्रतिनिधि तथा पदाधिकारीलाई निर्देशन दिए । त्यसको लागि १०० किलाको मन्त्री जहिल्यै हाजिर हुने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया