पार्टीभित्रका चिप्ले किराहरूले मन्त्री बन्न चलखेल गरे : मन्त्री आले

काठमाडौं । सांस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पार्टीभित्रका आफ्नै नेताहरूमाथि अपशब्द बोलेका छन् ।
पशुपति विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रमा सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूमाथि निकै आक्रोस पोखे । आफूहरू ६ महिनाका लागि सरकारमा गएको स्वीकार गर्दै उनले थप दुई महिना बोनस पाएको बताए ।
‘मैले मेरो पार्टीको नेता माधव नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाका लागि हामीलाई तोकिएको थियो । हामीले त आठ महिना खान पायौं । दुई महिनामा त धेरै स्वाद पाइसक्यौं । अरू साथीहरूलाई मौका दिने तपाईंको चाहना हो भने दिनोस् मैले भने । मैले सहमति पनि दिएको हो’, नेतामाथि आक्रोसित हुँदै मन्त्री आलेले भने, ‘तर पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरू आजै चलखेल गर्न अन्तरर्वार्ता दिइराखेका छन् । मलाई मन्त्रीको कुनै लोभ छैन । जति दिन, जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुँरिनेगरी काम गर्छु ।’
त्यस्तै पशुपति विकास क्षेत्रमा कतै हुरी बतास आउन नदिने गरी संरक्षण गर्न जनप्रतिनिधि तथा पदाधिकारीलाई निर्देशन दिए । त्यसको लागि १०० किलाको मन्त्री जहिल्यै हाजिर हुने बताए ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया