अबदेखि चार आनाभन्दा कम जग्गा किन्न नपाइने !

काठमाडौं । यस अघि दुई आनासम्म जग्गाको किनबेच हुँदै आएको काठमाडौंमा उपत्यकामा नयाँ प्रावधान ल्याइएको छ । अबदेखि घर बनाउने जग्गा कम्तिमा चार आना हुने गरी मात्रै कित्ताकाट हुनेछ ।
४ आना अर्थात् १३० वर्गमिटर हुनैपर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले भू उपयोग नियमावली २०७९ तयार गर्दै यस्तो प्रावधान राखेको हो । यो नयाँ प्रावधान राजपत्रमा प्रकाशित गरिएको छ ।
नमिलेको जग्गा मिलाउनको लागि स्थानीय तहले मापदण्ड निर्धारण गरे अनुसार कित्ताकाट गर्न पाइनेछ ।
पाँच सय वर्गमिटरभन्दा कम भएको कित्ताको जग्गामा लम्बाइ र चौडाइको मापदण्ड पनि तोकिएको छ । चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी अबदेखि कित्ताकाट गर्न नपाइने भएको छ ।
कृषि क्षेत्रको जग्गा कित्ताकाट गर्दा कम्तिमा १५.७३ आना हुनुपर्नेछ । तराई मधेसमा ६७५ वर्गमिटर र हिमाली भेगमा १ हजार वर्गमिटरभन्दा माथि मात्रै कित्ताकाट गर्नुपर्नेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया