अबदेखि चार आनाभन्दा कम जग्गा किन्न नपाइने !
काठमाडौं । यस अघि दुई आनासम्म जग्गाको किनबेच हुँदै आएको काठमाडौंमा उपत्यकामा नयाँ प्रावधान ल्याइएको छ । अबदेखि घर बनाउने जग्गा कम्तिमा चार आना हुने गरी मात्रै कित्ताकाट हुनेछ ।
४ आना अर्थात् १३० वर्गमिटर हुनैपर्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले भू उपयोग नियमावली २०७९ तयार गर्दै यस्तो प्रावधान राखेको हो । यो नयाँ प्रावधान राजपत्रमा प्रकाशित गरिएको छ ।
नमिलेको जग्गा मिलाउनको लागि स्थानीय तहले मापदण्ड निर्धारण गरे अनुसार कित्ताकाट गर्न पाइनेछ ।
पाँच सय वर्गमिटरभन्दा कम भएको कित्ताको जग्गामा लम्बाइ र चौडाइको मापदण्ड पनि तोकिएको छ । चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी अबदेखि कित्ताकाट गर्न नपाइने भएको छ ।
कृषि क्षेत्रको जग्गा कित्ताकाट गर्दा कम्तिमा १५.७३ आना हुनुपर्नेछ । तराई मधेसमा ६७५ वर्गमिटर र हिमाली भेगमा १ हजार वर्गमिटरभन्दा माथि मात्रै कित्ताकाट गर्नुपर्नेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया