गरिमा विकास बैंकद्वारा ‘बृहत वृक्षारोपण’ सम्पन्न

काठमाडाैं । गरिमा विकास बैंकले विश्व वातावारण दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । आइतबार काठमाडौंस्थित कालिका पार्क, बुढानिलकण्ठमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतुले वृक्षारोपरण गरिएको हो बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । बैकका अनुसार उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा दिदै आइरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया