NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कार, मोटरसाइकल र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३ च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नंम्बरको मोटरसाइकलले मङ्गलबार साँझ ६ः४५ बजे ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २२÷२३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

शवलाई परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए ।