गुरु घिमिरेको प्रश्न– के यसरी नैं हो पार्टी चल्ने ?
काठमाडौं । कांग्रेस नेता गुरु घिमिरेले विधान पालनाको प्रश्न झन् गम्भीर रुपमा उठ्ने बताएका छन् । १३ महाधिवेशनपछि विधान पालनाको प्रश्न उठेको भन्दै १४ औं महाधिवेशनको ६ महिनाले पनि त्यही प्रश्न उठ्ने ठाउँ दिएको बताएका हुन्
‘नेपाली कांग्रेसमा तेह्रौं महाधिवेशनपछि उठेको विधान पालनाको प्रश्न अब झन् गम्भीररुपमा उठ्ने भयो। महाधिवेशन सकिएको छ महिना पूरा हुन १ दिन बाँकी छ’ घिमिरेले सामाजिक संजालमा लेखेका छन्, ‘के यसरी नैं हो पार्टी चल्ने ? पदाधिकारी, विभाग, समितिको पूर्णता खै ? भ्रातृसंस्थाहरुको भद्रगोल कहिले सम्म ? तरुण विद्यार्थीको भविष्ष्यमा खेलवाड किन ? नीति महाधिवेशन खै ? जवाफ चाहियो।’
नेता घिमिरेले पार्टीका कमजोरीबारे समय–समयमा खबरदारी गर्दै आएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया