गुरु घिमिरेको प्रश्न– के यसरी नैं हो पार्टी चल्ने ?

काठमाडौं । कांग्रेस नेता गुरु घिमिरेले विधान पालनाको प्रश्न झन् गम्भीर रुपमा उठ्ने बताएका छन् । १३ महाधिवेशनपछि विधान पालनाको प्रश्न उठेको भन्दै १४ औं महाधिवेशनको ६ महिनाले पनि त्यही प्रश्न उठ्ने ठाउँ दिएको बताएका हुन्
‘नेपाली कांग्रेसमा तेह्रौं महाधिवेशनपछि उठेको विधान पालनाको प्रश्न अब झन् गम्भीररुपमा उठ्ने भयो। महाधिवेशन सकिएको छ महिना पूरा हुन १ दिन बाँकी छ’ घिमिरेले सामाजिक संजालमा लेखेका छन्, ‘के यसरी नैं हो पार्टी चल्ने ? पदाधिकारी, विभाग, समितिको पूर्णता खै ? भ्रातृसंस्थाहरुको भद्रगोल कहिले सम्म ? तरुण विद्यार्थीको भविष्ष्यमा खेलवाड किन ? नीति महाधिवेशन खै ? जवाफ चाहियो।’
नेता घिमिरेले पार्टीका कमजोरीबारे समय–समयमा खबरदारी गर्दै आएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया