गृह मन्त्रालयमा प्रकाण्ड
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले गृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग संयुक्त भेटवार्ता गरेका छन् ।
बुधबार बिहान गृह मन्त्रालय पुगेर नेता प्रकाण्डले गृहमन्त्री, गृह सचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेटेका हुन् ।
भेटमा राजबन्दीहरूको अविलम्ब रिहाइलगायत विषयमा छलफल भएको नेता प्रकाण्डले जनाएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग राजबन्दीको रिहाइलगायत बुँदामा सहमति गरेर विप्लव नेतृत्वको दल मूलधारको राजधानीतिमा फर्किएको थियो । तर यस्तो सम्झौता भएको लामो समय गुज्रिए पनि उनीहरूका नेता–कार्यकर्ता अझै जेलमा छन् ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया