नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह नगरौं : महासचिव पोखरेल

काठमाठौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह त्याग्नुपर्ने बताएका छन् ।
उनले मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारीतापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था नभएको टिप्पणी गरेका हुन् ।
‘नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारितपूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन’, पोखरेलले बुधबार घुमाउरो शैलीमा फेसबुक स्टाटस लेखेका छन्, ‘मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा(एमाले) भित्रवाटै सम्भव छ ।’
अध्यक्ष केपी ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगले कारवाहीको सिफारिस गरेको अवस्थामा महासचिव पोखरेलले घुमाउरो शैलीमा ओलीको बचाउ गरेका हुन् ।
ताजा अपडेट
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
प्रतिक्रिया