नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह नगरौं : महासचिव पोखरेल
काठमाठौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह त्याग्नुपर्ने बताएका छन् ।
उनले मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारीतापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था नभएको टिप्पणी गरेका हुन् ।
‘नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारितपूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन’, पोखरेलले बुधबार घुमाउरो शैलीमा फेसबुक स्टाटस लेखेका छन्, ‘मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा(एमाले) भित्रवाटै सम्भव छ ।’
अध्यक्ष केपी ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगले कारवाहीको सिफारिस गरेको अवस्थामा महासचिव पोखरेलले घुमाउरो शैलीमा ओलीको बचाउ गरेका हुन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया