दोर्दी खोला जलविद्युत हाइड्रोपावरको भोलिदेखि आइपिओ निष्कासन हुँदै
काठमाडाैं । दोर्दी खोला जलविद्युत हाइड्रोपावरले जेठ २६ गते (भोलिदेखि) सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५५ अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३५ अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । उक्त आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया